के तपाई कोलस्ट्रोलको समस्याग्रस्त हुनुहुन्छ ? खाना खानेबित्तिकै सुते हानिकारक

1405870330901516398kolostar.

काठमाडौं। हाम्रो शरीरमा कोलस्ट्रोलको मात्रा धेरै भयो भने विभिन्न रोग लाग्न सक्छन् । रगतमा कोलस्ट्रोल बढ्नु मुटुका लागि हानिकारक मानिन्छ । साथै यो क्यान्सरका लागि पनि घातक हो । अब जानौँ, रगतमा कोलस्ट्रोलको मात्रा घटाउन कस्तो खानपान हुनुपर्छ ?

-शाकाहारी खाना खाने गर्नु कोलस्ट्रोल हटाउने सबैभन्दा उत्तम उपाय हो । किनकि, शाकाहारी खानामा कोलस्ट्रोलको मात्रा अति कम हुन्छ ।

-मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घिउ, मख्खन आदि अत्यधिक कोलस्ट्रोल भएका खाद्यपदार्थ कम मात्र सेवन गर्नुपर्छ ।

-धेरै चिल्लोपदार्थ पनि खानुहुँदैन । सूर्यमुखी, मकै, भटमास, शुद्ध तोरी आदिको तेल ठीक मात्रामा प्रयोग गर्नुपर्छ । त्यस्तै, काजु, बदामजस्ता नट्स सेवन गरेमा हाम्रो शरीरलाई आवश्यक तेल स्वतः परिपूर्ति हुन्छ ।

-माछा, कुखुरा र टर्की आदिको मासुमा कम बोसो हुने हुनाले यी पदार्थ खान सकिन्छ । त्यो पनि कम मात्रामा मात्र उपयोग गर्नुपर्छ ।

-खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुर आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुने हुँदा यिनको मासु नखाएकै बेस हुन्छ ।

-खाना पकाउँदा तेल कम राख्ने तथा दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिने गर्नुपर्छ ।

-सागपात, हरियो तरकारी, फलफूल, गहुँ , चामल र दाल अत्यन्त फाइदाजनक छन् । यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्ने ।

-माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थ खानामा प्रयोग गर्नुपर्छ । यसले कोलस्ट्रोलको नकारात्मक असरलाई कम गर्छ ।

-बेलुकाको खाना अलि सबेरै (७ बजेतिर) खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ । 

प्रतिकृया दिनुहोस