विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा १३ सय ४९ औं नम्बरमा

Binod chaudhary

काठमाडौं । नेपाली उद्यमी विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा फेरिपरेका छन् । एक वर्षको अवधिमा चौधरीको सम्पत्ति २० करोड डलरले बढेको छ ।
सन् २०१९ को विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गर्दै ‘फोर्ब्स’ म्यागेजिनले चौधरी अर्बपतिको १३ सय ४९औं नम्बरमा परेको जनाएको छ ।


चौधरीले गत वर्षभन्दा २१४ स्थानमाथि उक्लिनेक्रममा २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थपेको फोर्ब्स म्यागजिनले जनाएको छ ।
चौधरीको एक अर्ब ५० करोड डलर सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ ।

यो वर्षको विश्वकै धनी व्यक्तिको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस परेका छन् । उनको १३१ अर्ब अमेरिकी डलर सम्पति रहेको फोर्ब्सले जनाएको छ । यस्तै, अमेरिकाकी काइली जेनर विश्वको सबैभन्दा कान्छी अर्बपति बन्न सफल भएकी छन् ।

प्रतिकृया दिनुहोस