सेयर बजारमा चमक, नेप्सेले गति लिने अपेक्षा

Sharewwww

काठमाडौं । सेयर बजारमा बल्ल सुधार आएको छ । नेप्से सूचक केही दिन यता ११ सय अंक नजिक आएर स्थिर जस्तै भएको थियो । सूचक ११ सय विन्दु भन्दा तल जान सकिरहेको थिएन् ।

तल जान नसकेपछि बजार माथितिरै फर्किएको हो । तल झर्न नसकेकाले अब बजार बढ्नेमा आम लगानीकर्ता विश्वस्त देखिएका छन् ।

कारोबार रकम लगभग पछिल्ला दिनहरुकै हाराहारीमा रहे पनि सूचकमा भने राम्रै सुधार भएको छ । सूचकसँगै अब कारोबार रकमलाई पनि केही दिन सुक्ष्म तरिकाले अध्ययन गर्न आवश्यक देखिन्छ । लगानीकर्ताले पछिल्लो बजारको प्रवृत्तिलाई निकै सुक्ष्म तरिकाले हेरिरहेका छन् ।

बजार खासै तलमाथि नगरेपछि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा पनि बसेका थिए । बजारमा लगानीकर्ताका आआफ्नै रणनीति हुन्छन् । कोही बजार घटे किन्ने मनस्थितिमा रहेका हुन्छन् भने कतिपय बजार बढ्न थालेपछि मात्र किन्ने भनेर कुरिरहेका हुन्छन् ।

यसर्थ, बढ्नु वा घट्नु दुवै लगानीकर्ताका लागि अवसर हुन सक्छ । तर बजार एउटै विन्दु नजिकमा अडिरहँदा आम लगानीकर्ता पनि अन्योलमा पर्ने गर्छन् । यसर्थ, यस्तो बेला कारोबार रकम सुस्त हुनु स्वभाविक हो ।

हाम्रो सेयर बजार पछिल्ला दिनमा सुस्त बनिरहेको छ । चर्को बैंक ब्याजदर, आम लगानीकर्ताको नकारात्मक मनोभावना अनि लगातार सेयर संख्या थपिंदा बजार अलि अप्ठेरोमा परेको विश्लेषणहरु भइरहेका छन् । तर यी समस्या सधैंभरि रहँदैन ।

लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्नुपर्ने हुन्छ । यसबाट भविष्यमा आकर्षक लाभ लिन सकिने सम्भावना रहन्छ । सरकारले सेयर बजार सुधारका कार्यक्रम निरन्तर अघि बढाइरहेको छ । लगानीकर्ताको माग अनुसार सेयर धितो मार्जिन कर्जाको सीमा बढाइएको छ ।

मार्जिन कलमा सहुलियत दिइएको छ । बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको ४०५ सम्म लगानी गर्न पाउने भएका छन् । ब्रोकरहरुले मार्जिन ऋण दिन पाउने भएका छन् । यी तमाम सुधारका कार्यक्रमपछि बजारले गति लिने आम अपेक्षा हो ।

नेप्से सूचक बुधबार ९.१२ अंकले बढेर ११११.७६ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.८३५ ले माथि लागेको हो । १६९ कम्पनीको २२ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ८ लाख २६ हजार १३ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार भएका सबै समूहको सूचक माथि लागेको छ । सबैभन्दा धेरै जीवन बिमा समूह ९६.१४ अंकले बढेको छ । यता, बैंकिङ समूहमा पनि ७.२३ अंकको तेजी आएको छ ।

कारोबार रकममा एनसीसी बैंकले अग्रता लिएको छ । एनसीसीको १ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिकृया दिनुहोस