घुस रकमसहित २ कर्मचारी अख्तियारको फन्दामा

Pakrau 12

बाँके । मंगलबार बाँकेबाट दुईजना कर्मचारीलाई घुस सकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले मंगलबार साँझ खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका प्रमुख विनोद श्रीवास्तवलाई ३५ हजार र नेपालगञ्ज भन्सार कार्यालयका नासु लक्ष्मण चन्दलाई ५२ हजार रुपियाँ घुससहित पक्राउ गरेको हो ।

श्रीवास्तवले चामलको गुणस्तर प्रमाणिकरण र चन्दले आयात सहजीकरणका लागि घुस रकम माग गरेको सूचनाका आधारमा खटिएको टोलिले उनीहरुलाई पक्रेको हो ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पौडेलले यातायात ब्यवस्था कार्यालय नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्रको लिखित परीक्षासम्बन्धी कागजातसमेत नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस