राहत शिक्षकको आन्दोलन : ११ बजे माइतिघर मण्डलामा धर्ना

20181008092059 rahat teacher

काठमाडौं । राहत शिक्षकहरुले आफ्नो आन्दोलनको कार्यक्रम अन्तरगत आज पनि माइतिघर मण्डलामा धर्ना दिदैंछन् ।

राजधानी काठमाण्डौँ केन्द्रत आन्दोलन गरिरहेका शिक्षकहरुले आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । राहत शिक्षक संघर्ष समितिका संयोजक खेमराज अधिकारीले बिहान ११ बजेपछि माइतिघर मण्डलामा धर्ना कार्यक्रम सुरु हुने बताए ।

शिक्षा मन्त्रालयले भने राहत शिक्षक व्यवस्थापनको काम स्थानीय तहको विषय भएको यसअघि नै बताइसकेको छ ।

प्रतिकृया दिनुहोस