कानून निमार्ण ढिलाइ हुँदा यातायात व्यवस्थापनमा समस्या

756568939bus gadi yatayat aslvdryyh1

काठमाडौं। प्रदेश नं ५ का भौातिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

मंगलबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्रदेश नं ५ कमिटीले बुटवलमा गरेको अन्तरक्रियामा उनले यातयातलाई व्यवस्थित गर्न प्रदेशमा रहेको बाटोलाई व्यवस्थित बनाउने गरी काम अघि बढेको बताए । 

“कुन यातायातको साधन कुन बाटोमा सञ्चालन गर्ने हो त्यसका लागि पनि बाटोको वर्गीकरण गर्ने गरी विज्ञ टोलीमार्फत काम भइरहेको छ”, मन्त्री चौधरीले भने । इ–रिक्साको व्यवस्थापन, पार्किङ व्यवस्थापन, सडक मर्मतजस्ता कार्य मात्र गर्न सके पनि दुर्घटना न्यूनीकरण हुने भन्दै उनले त्यसका लागि प्रदेश सरकारले विज्ञहरुको टोली नै बनाएर काम सुरु गरेको जानकारी दिए । 

ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५, बुटवलका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले प्रदेशमा दुर्घटनाको जोखिमका हिसाबले पहिलो स्थानमा रहेको भन्दै त्यसका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्लेले यातायात चालकले सवारीसाधन चेलेकै अवस्थामा फोन उठाउने वा नउठाउने भन्ने बारेमा नीति नै बनाएर नियमन गर्नुपर्ने आवश्यकता रहेकाे बताए । 

सङ्गठनका रुपन्देही अध्यक्ष कृष्ण कँडेलले अवधारणापत्र प्रस्तुत गर्दै भौतिक यान्त्रिक, मानवीय र पर्यावरणीय कारणले दुर्घटना हुने गरेको बताएका छन् । सङ्गठनले सडक दुर्घटना न्यूनीकरण प्रादेशिक अभियान सञ्चालन गर्ने र एक वर्षमा १५ हजार यातायात मजदुरलाई सडक अनुसाशन र ट्राफिक नियमका बारेमा प्रशिक्षित गर्न आवश्यक भएको बताए ।

प्रतिकृया दिनुहोस