देशभरको मौसम आज कस्तो हुन्छ ? खण्डवृष्टिको सम्भावना

Mausam

काठमाडौं।  देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको समय रहेकाले स्थानीय वायु तथा स्थानीय गतिविधिका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले बताए ।

पहाडी क्षेत्रमा दिउँसोतिर आंशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहेने मौसमविद अर्यालको भनाई छ । पहाडी क्षेत्रका एक–दुई ठाउँमा अपराहन्न वा बेलुका तिर क्षणिक हल्का वर्षा हुने सम्भावना रहेको छ ।

बिस्तारै तापक्रम बढ्दै जान थालेकाले जलवाष्प युक्त वायु पाउने वित्तिकै बादल बन्ने भएकाले बेलुका तिर पहाडी क्षेत्रमा मेघ गर्जन हुने र क्षणिक वर्षाको सम्भावना रहेन मौसमविदले बताएका छन् । यो समयमा खण्डवृष्टिको सम्भावना पनि रहन्छ ।

प्रतिकृया दिनुहोस