मौसममा आज पनि बदलीः पानी पर्छ कि पर्दैन?

Mausam

काठमाडौं । देशभरको मौसममा मंगलबार पनि सामान्य देखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको सूचनामा अझै केही दिन मौसममा बदली कायमै रहने उल्लेख छ ।

देशको पहाडी भूभागमा मंगलबार आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने उक्त सूचनामा उल्लेख छ ।

अपरान्हपछि देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस