८२ डिएसपीको सरुवा, काज निर्देशिका विपरीत तानिए २ डिएसपी (नामसहित)

337647881nepal police headquarter

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ८२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा सूची सार्वजनिक गरेको छ। कार्यालयले सोमबार एक सूचना जारी गर्दै ८२ जना डिएसपीको सरुवा गरेको हो।

२१ दिनअघि मात्रै महानगरीय प्रहरी पहरा गण, सामाखुसीमा कार्यरत डिएसपीलाई काज सरुवा भन्दै प्रहरी प्रधान कार्यालयले दार्चुला पठाएको थियो। तर त्यसको २१ दिनपछि उनलाई पहिलकै ठाउँ प्रहरी पहरण गण सामाखुसीमा तान्दै उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपेन्द्र शाहीलाई सरुवा गरेको छ।

त्यस्तै गत पुस १७ गते प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवी कोइरालालाई काज सरुवा भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाएको थियो। उनको ठाउँमा बालनरसिंह राणालाई ल्याइएको थियो।

सोमबार निकालिएको सरुवा सूचीमा डिएसपी कोइरालालाई क्षेत्रीय दंगा नियन्त्रण प्रहरी मुख्य कार्यालय प्रदेश २ जनकपुरमा सरुवा गरिएको छ।

यसरी काज सरुवा भएको केही दिनमै सरुवा भएका डिएसपी रिजाल र कोइरालाको सरुवा भने काज निर्देशिका विपरीत भएको देखिन्छ।

काज निर्देशिका २०६९ को (६) मा काज खटाउँदा ध्यान दिनुपर्ने कुराहरुको सूची उल्लेख छ। निर्देशिकाको ६ (ठ) मा सरुवा गर्दा कर्मचारी प्रशासन शाखाले काजमा रहेका प्रहरी कर्मचारीलाई काज खटिएको स्थानमा नै दरबन्दी मिलानको पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख छ।

तर उक्त निर्देशिका विपरीत प्रहरी प्रधान कार्यालयले काजमा खटिएक डिएसपी कोइराला र रिजाललाई केही दिनमै अन्यत्र सरुवा गरेको हो।

कसको कहाँ सरुवा?

प्रतिकृया दिनुहोस