कैद भुत्तान गरिरहेका ९२ बर्षीय कैदीको मृत्यु

1521700120 deadbody

तेह्रथुम । जिल्ला कारागार तेह्रथुममा कैद भुत्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ ।

छथर गाउपालिकाका ९२ बर्षीय खड्ग सिंह ठकुरीको आइतबार राती मृत्यु भएको हो ।

ठकुरीको श्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गराई उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

ठकुरीलाई ०७१ साल भदौमा बालिका जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

करणीका आरोप लागेका खड्ग सिंहलाई तेह्रथुम अदालतले ८ बर्षको कैद सजाय ताकेपनि पनि पुनरावेदन अदालत धनकुटाले ४ बर्षको कैद मात्र फैसला गरेको थियो ।

मृतक ठकुरीको शव जिल्ला अस्पतालमा पोष्टमार्टमगरि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस