शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा विप्लव पार्टीका गुल्मी सेक्रेटरी पक्राउ

Pakkrau 1

बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई गुल्मी प्रहरीले पक्राउ गरेको छ ।

शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै खड्कालाई सदरमुकाम तम्घासबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले उनलाई आइतबार पक्राउ गरेको पुष्टि गरे ।

यसैबीच आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा पार्टीका जिल्ला ईञ्चार्ज पुर्णबहादुर सिंहले विना शर्त रिहाइ गर्न सरकारलाई कडा चेतावानी दिएका छन् ।

सिंह र खड्का लगायतलाई केहि दिनअघि अर्घाखाँची प्रहरीले पनि पक्राउ गरि केही दिन हिरासतमा राखेर छाडेको थियो ।

प्रतिकृया दिनुहोस