‘फ्रि-फल जम्प’ प्रर्दशनका क्रममा दुर्घटना, एक सेना घाईते

Paraglidingggg

काठमाडौं । नेपाली सेना दिवसको अवसरमा जंगीअड्डामा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ ।

प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने सेनाका पूर्णबहादुर भण्डारी दुर्घटनामा घाइते भएका हुन् ।

सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएको हो’, ढकालले भने ।

घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ ।

त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।

सैनिक मञ्च टुँडिखेलमा अहिले जारी कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन् ।

प्रतिकृया दिनुहोस