भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक लिनाएक मेसिन जडान गरिने

Vaktapur hospital puja 1

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक लिनाएक मेसिन क्लिनिक्स आइएक्स जडान गरिने भएको छ ।

बंकरभित्र राखिने स्थानमा मेसिन राखिनुपर्ने भएकोले मेसिन राखिने ठाउँको जग तथा भुमी तान्त्रिक वाश्तु आदि पुजा गरिएको नेपाल अर्वद रोग निवारण संस्थाका अध्यक्ष तथा भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष इश्वर श्रेष्ठले बताए ।

उनले लिनाएक मेसिन जडान गरेपछि चर्काे शुल्क तिरेर विदेश गई उपचार गर्नुपर्ने बाध्यता हट्ने बताए । सरकारले पेटईसक्यन मेसिन उपलब्ध गराई दिए राज्यको करोडौं रकम विदेसिनबाट जोगिने उनको भनाई छ ।

सो पुजा कार्यक्रममा व्यवस्थापन समितिका सदस्य महेश श्रेष्ठ, नेपाल अर्वुद रोग निवारण संस्थाका महासचिव विमलकुमार होडा, केन्द्रीय कार्यालय प्रमुख शुरेस सापकोटा, सदस्य सचिव प्राडा. ऋषिकेश नारायण श्रेष्ठ, प्रशासन तथा बित्तिय प्रमुख जनार्दन भूर्तेल, रेडियो थेरापी बिभाग कावा प्रमुख उज्वल चालिसे र अस्पताल स्वास्थ्य कर्मचारी पनि पुजामा सरिक भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...