सरकारी चिकित्सक संघले आज देशैभरका अस्पतालमा सेवा ठप्प पार्ने

Doctro

काठमाडौं । सरकारी चिकित्सक संघ (गोदान) ले सरकारलाई दिएको ७२ घन्टे अल्टिमेटम आज सकिएको छ । आफूहरुको माग पुरा नगरेको भन्दै गोदानले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ ।

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउदै देशभरका सरकारी चिकित्सकहरुले आज सरकारी अस्पतालमा सेवा ठप्प पार्ने भएको हो ।

संघीयता कार्यान्वयनका क्रममा समायोजन गर्दा सरकारी चिकित्सकमाथि भेदभाव गरिएको भन्दै गोदानले आन्दोलन गर्दै आएको छ । गोदानले माग पुरा गर्न सरकारलाई हिजोसम्मको समयसिमा दिएको थियो । गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले आफ्ना माग पुरा नभए सबै सरकारी डाक्टरले सामुहिक राजिनामा दिने बताएका छन् ।

यसैबीच, आज सरकारले मनाउने स्वास्थ्य सेवा दिवस पनि गोदानले बहिस्कार गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...