देशभरका सरकारी चिकित्सक आज सामूहिक विदामा बस्दै

Cc

काठमाडौं । सरकारी चिकित्सक संघ (गोदान) मा आवद्ध चिकित्सकहरु आज सामूहिक विदामा बस्दैछन् । देशैभरका सरकारी चिकित्सकलाई केन्द्र मातहतमा राखेर खटनपटन गर्नुपर्ने माग राखि आन्दोलनमा उत्रिएका गोदानका डाक्टरहरु आज सामूहिक विदामा बस्ने भएका हुन् ।

सरकारले आफूूहरुसँग गरेको सम्झौतमा कुनै चासो नदिएको भन्दै गोदान आन्दोलित भएको हो । यसैबीच, सरकारले भने आन्दोलनरत सरकारी चिकित्सक संघको माग सम्बोधनका लागि प्रया भइरहेको बताएको छ ।

देशभरका सरकारी चिकित्सक आन्दोलित भएपछि उनीहरुको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निरन्तर प्रयास गरिरहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। सरकारले नै सरकारी चिकित्सक संघसँग सम्झौता गरेको हुनाले मन्त्रालय त्यसप्रति गम्भिर भएर लागिरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...