प्रधानमन्त्री सुदूरपश्चिम प्रदेश भ्रमणमा

Kp ollo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको यात्रामा निस्केका छन् ।

६७ औँ प्रजातन्त्र दिवस कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली सुदूरपश्चिमको भ्रमणमा निस्केका हुन् ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली मंगलबार र बुधबार सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।

प्रधानमन्त्री ओली सुदूरपश्चिमको अस्थायी राजधानी आज धनगढी हुँदै आजै डडेलधुरा पुग्ने भएका छन् ।

कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरास्थित स्याउलेमा रहेको विद्यतु सव–स्टेशनको मंगलबार दिउँसो उद्घाटन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए ।

यसैगरी प्रधानमन्त्रीले दिउँसो साढे ३ बजे डोटीको बिपी नगरमा सहजपुर–बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले बुधबार बिहान सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

बुधबारै बिहान ११ः३० बजे नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिमस्तरीय कार्यकर्तालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री बुधबार नै काठमाडौँ फर्कने अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...