बार एशोसिएसनको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी

Bar

काठमाडौं । नेपाल बार एशोसिएसनको आसन्न निर्वाचनका लागि नौ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । मनोनयनमा सत्तारुढ तथा विपक्षी दल निकट कानुन व्यवसायीले दुई फरक–फरक प्यानल दर्ता गरेका हुन् ।

स्वतन्त्र रूपमा सात जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत बोर्णबहादुर कार्कीका अनुसार अध्यक्षमा नौ जनाको मनोनयन दर्ता भएको छ । यही फागुन ९ गतेसम्म उम्मेदवारले मनोनयन फिर्ता गर्न सक्नेछन् । निर्वाचन समितिले फागुन ९ गते दिउँसो ३ बजे अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकटको कानुन व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएन (एनएलए) का तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।

काँग्रेस निकट कानुन व्यवसायीको सङ्गठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का तर्फबाट अधिवक्ता सुनीलकुमार पोखरेलको उम्मेदवारी दर्ता गराएका छन् ।  अध्यक्षका अन्य उम्मेदवारहरूमा डा. पुण्यप्रसाद खतिवडा, विराटकुमार न्यौपाने, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयनाथ ढुङ्गाना, लोकेन्द्रध्वज खड्का र गजेन्द्रबहादुर थापा रहेका छन् । महासचिवमा तीन जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...