रुपन्देहीमा श्रोत नखुलेको ४६ लाखभन्दा बढी रुपैयाँ बरामद

Paisa news

बुटवल । रुपन्देहीमा श्रोत नखुलेको ४६ लाखभन्दा बढी रुपैयाँ बरामद गरेको छ। भैरहवामा सशस्त्र प्रहरी अन्तरगत भन्सार गस्ती सुरक्षा ईकाईको टोलीले ४६ लाख बढी नेपाली र भारतिय मुद्रा बरामद गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर वडा नम्बर-१ डण्डा बेस नजिकै चेकजाचका क्रममा भारतिय कारबाट सो रकम बरामद भएको थियो।

भारत सुनौली नाका हुदै नेपाल आएको युपी ५६ टी ३०७१ नम्बरको टोयोटा कार चेकजाँच गर्दा गुल्मी साविक रुपाकोट गाबिस वडा नम्बर ५ बस्ने ४५ बर्षका चन्द्रकान्त पौडेलको साथबाट सो रकम बरामद भएको हो।

बरामद भएको उक्त रकमको कुनै श्रोत बताउन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको सशस्त्र प्रहरी भन्सार गस्ती सुरक्षा डण्डा बेसका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खातीले बताए।

खातीका अनुसार चेकजाच गर्दा गाडीको पछाडिको डिक्कीमा झोलाभित्र बिस्कुटको कार्टुनमा मिलाएर राखिएको अबस्थामा सो रकम फेला परेको थियो।

जसमा नेपाली १ हजार रुपैयाँको २ हजार ९ सय ३५ थानले जम्मा २९ लाख ३५ हजार, ५ सय दरका २५ सय थानले जम्मा १२ लाख ५० हजार गरी ४१ लाख ८५ हजार तथा भारतीय रुपैया२ हजार दरका ४१ थान, ५ सयका ३४७ थान, २ सयका १२ थान, १ सयका २९१ थान र ५०का २ थान गरी जम्मा २ लाख ८७ हजार १ सय भारतिय रुपैया (नेरु ४ लाख ५९ हजार ३ सय ६० ) गरी कुल ४६ लाख ४४ हजार ३ सय ६० रुपैया रहेको खातीले बताए।

बरामद सबै रकम थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाईएको छ। कार संगै चालक भारत महाराजगन्ज नौतनवाका ३३ वर्षीय सोमई धवल पनि नियन्त्रणमा छन्। उनलाई समेत जिल्ला प्रहरीमा अनुसन्धानका लागि पठाईएको छ। नियन्त्रणमा रहेका ४५ बर्षिय पौडेल बम्बईमा कार्यरत रहेको बताएका छन्।

उनले यो रकम अन्य कामदारहरुको संकलन गरी बुझाईदिन ल्याएको बताए पनि कस कसको कति कति रकम र कहा कहा ठेगाना केही बताउन नसकेपछि सशस्त्र प्रहरीले जिल्ला प्रहरीमा पठाएको हो।

पौडेल गुल्मीका भए पनि हाल भने सैनामैनाको मुर्गियामा बस्ने गरेको बुझिएको छ। उक्त रकम उनले नौतनवाबाट ल्याएको शंका छ।पौडेल हुन्डीको कारोबार या अन्य कुनै अबैध आर्थिक गतिबिधीका पैसा बोकेर नेपाल ल्याएको हुन सक्ने समेत आशंका प्रहरीको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...