हेल्थ टिप्स : यसकारण केटाकेटीलाई घरबाहिर खेल्न लैजानुस्

Children playing tug of war

काठमाडाैं । अनलाइन गेम, कम्प्युटर र टिभीको यस युगमा केटाकेटीले घरबाट निस्केर छरछिमेकका साथीसँग खेल्न पनि भुलिसकेका छन् । यस्तोमा, एक नयाँ अध्ययनले केटाकेटीलाई स्कुलमा हुने खेलकुद र शारीरिक गतिविधिले मात्र नपुग्ने देखाएको छ ।

राइस युनिभर्सिटीकी लारा कबिरीसहितका सोधकर्ताले ‘कति सक्रियता संगठित जीवनशैलीका लागि जरुरी छ’ भन्नेबारे लामो अनुसन्धान गरे । खोजले अभिभावकलाई केही महत्वपूर्ण सुझाब दिएको छ ।

केटाकेटीको शारीरिक गतिविधिमा सामेल हुनुस् 
सोधकर्ताका अनुसार अभिभावकले आफ्ना केटाकेटीलाई हरदिन शारीरिक गतिविधिका लागि समय दिनुपर्छ । ‘अभिभावक जान्दछन् कि यदि उनीहरु आफ्ना केटाकेटीलाई छिटोछिटो सास लिँदै र पसिना पुछ्दै देख्दैनन् भने यसको मतलब केटाकेटी पर्याप्त परिश्रम गरिरहेका छैनन्,’ कबिरी अभिभावकलाई अपिल गर्छिन्, केटाकेटीलाई घरबाट बाहिर लैजानुस् र दैडिन दिनुस्, छिमेकीका केटाकेटीसँग खेल्न दिनुस्, साइकल चलाउन दिनुस् ।’

दैनिक १ घन्टा एरोबिक गतिविधि गर्नुस् 
विश्व स्वास्थ्य संगठनका मानकअनुसार केटाकेटीलाई दिनमा एक घन्टाको एरोबिक गतिविधि आवश्यक छ । एरोबिक गतिविधिमा दौड, पौडी, साइक्लिङजस्ता धड्कन र श्वासप्रश्वास बढ्ने क्रियाकलाप पर्छन् । तर, केही सोधहरुमा पाइएको छ कि गैर-कुलीन स्पोर्टसमा सामेल केटाकेटीलाई २०-३० मिनेटको एरोबिक गतिविधि पर्याप्त छ ।

केटाकेटीलाई नियमित घरबाहिर लैजानुस् 
घरबाहिर लैजाँदा केटाकेटी फ्रेस रहन्छन् । खेलका दैरान शरीरमा अतिरिक्त क्यालोरी खर्च हुन्छ । साइकल चलाउने, पौडी खेल्नेदेखि लिएर दौडिनेसम्मका क्रियाकलाप उत्तम व्यायाम हुन्, जुन घरबाहिर गरिन्छ ।

यसबाट शरीरमा ग्लुकोजको स्तर ठीक रहन्छ । जब केटाकेटी घरबाहिर खेल्न निस्कन्छन्, आफ्नो आसपासको वातावरण र माहोलको जानकारी पाउँछन् । कबिरी भन्छिन्, ‘यसबाट उनीहरुमा वातावरणप्रति जागरुकता बढ्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...