ट्रकले ठक्करदीँदा एक पैदल यात्रुको मृत्यु

Mirtu 1

भक्तपुर । मध्यपुर थिमीमा ट्रकको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ४३१७ नं को ट्रकले सूर्य्विनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेसप्रसाद उपाध्यायलाई कोरिया मैत्री अस्पतालतर्फ बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उपचारको लागि उनलाई मध्यपुर अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर थिमीका प्रहरी नायव उपरीक्षक मिलन केसीले जानकारी दिए ।

ठक्कर दिई फरार भएको ट्रकलाई प्रहरीले शुक्रबार बिहान सल्लाघारीस्थित सृजनानगरमा फेला पारेर नियन्त्रणमा लिएको छ । चालक अझै फरार छन् ।

उनको खोजी कार्य भइरहको छ भने शवलाई पोष्टमाटमका लागि शिक्षण अस्पताल पठाएको प्रनाउ केसीले बताए ।

प्रतिकृया दिनुहोस