नवजात शिशुलाई यसकारण पानी खुवाउनुहुन्न

Water glass

काठमाडौं । आफ्नो बच्चालाई कति उमेरबाट पानी पिलाउन सुरु गर्ने भन्ने अभिभावकमा अन्योल हुन सक्छ । यदि, त्यस्तो हो अब त्यो अन्योल हटाउन आवश्यक छ ।

सामान्यतया स्तनपानबाटै नवजात शिशुलाई ९० प्रतिशत पानीको आपूर्ति हुन्छ । साथै, बच्चाले आमाको दूधबाटै हाइड्रेड पनि प्राप्त गरिरहेको हुन्छ । त्यसैले ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ ।

- नवजात शिशुलाई पानी पिलाउँदा तौलमा कमी आउन सक्छ । ६ महिनाभन्दा कम उमेरका शिशुलाई पानी खुवाएमा जन्डिससमेत हुन सक्छ ।

- नवजात शिशुलाई पानी पिलाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या पनि निम्तिन सक्छ ।

- नवजात शिशुलाई पानी पिलाउने बानी गर्दा उसले आमाको दूध नै मन नपराउने हुन सक्छ । बच्चाको स्वास्थ्यका लागि जुन निकै हानिकारक साबित हुन्छ ।

- बच्चा चार महिनाको भएपछि दिनमा एक वा दुईपटक दुईदेखि तीन चम्चासम्म मात्र पानी पिलाउन सकिन्छ ।

- जब बच्चाले ठोस खाना खान थाल्छ, तब मात्र पानी पिउन सक्ने हुन्छ । यस्तो अवस्थामा पानी पिलाइयो भने उसलाई कब्जियतको समस्या हुँदैन ।

- चार महिनापछि भने शिशुलाई आमाको दूध र पानी दुवै पिलाउन पनि सकिन्छ । यद्यपि, पानीमा बढी जोड दिनुहुँदैन ।

प्रतिकृया दिनुहोस