भेरी नदीमा बस खस्यो, ४ को मृत्यु, ९ जना घाईते

Accident logo

रुकुम । नेपालगञ्जबाट रुकुमको आठबीसकोट जाँदै गरेको बस जाजरकोटमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
भे १ ख १३, ३९ नम्बरको बस भेरी नगरपालिका १ मा आज भएको दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मृतकको सनाखत नभएको र घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोट लैजाने तयारी गरिएको छ । बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ ।बस सडकबाट करिब दुई सय मिटर तल  भेरीमा खसेको छ ।

दुर्घटनाको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोली उद्दारमा खटिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...