सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाईने : स्वास्थ्यमन्त्री यादव

Upendra yadav1

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धरान र काठमाडौंझैँ सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको बताएका छन्।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा बुधबारदेखि राजविराजमा सुरु भएकाे साताव्यापी बृहत् स्वास्थ्य शिविरकाे उद्घाटन गर्दै मन्त्री यादवले मन्त्रिपरिषद्बाट ऐनको मस्यौदा पारित भई काम अगाडि बढेकोसमेत जानकारी दिए।

गजेनद्रनारायण सिंह सगरमाथा अस्पतालमा साे शिविर सुरु भएकाे हाे।

उद्घाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा, स्वास्थ्य, गरीबी र बेरोजगारी हटाउन सरकार प्रतिबद्ध रहेकाले विशेष लगानी गरिने प्रतिबद्धता व्यक्त गरे।

फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा बिरामीको चाप बढे समयावधि थप गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताए।

शिविरमा छाती, मुटु, हाडजोर्नी, दाँत, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञले उपचार गरिरहेका छन्।

एक सय २६ विशेषज्ञ चिकित्सकसहितको टोलीले एकै स्थानमा थुप्रै रोगको उपचार गर्न थालेपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी तथा छिमेकी मुलुक भारतको विहारबाट समेत बिरामी सेवा लिन आएका छन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...