विद्यालय तहको शिक्षक हुनका लागि विषयगत लाइसेन्स अनिवार्य

Teacher 2

काठमाडौँ । विद्यालय तहको शिक्षक हुनका लागि अब अनिवार्य रूपमा विषयगत शिक्षण अनुमति पत्र (लाइसेन्स) हुनुपर्ने भएको छ ।

शिक्षक सेवा आयोगले यसअघि तहगत रूपमा लिँदै आएको लाइसेन्स परीक्षालाई सुधार गरी विषयगत परीक्षा लिन लागेको हो ।

विषयगत लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने मात्रै शिक्षक बन्न योग्य हुने आयोगले जनाएको छ ।

विद्यालय शिक्षाको गुणस्तर उकास्न र विषयगत विज्ञता भएका शिक्षक भर्ना गर्न आयोगले परीक्षाको तयारी गरेको हो ।

फागुनभित्रै विषयगत लाइसेन्स परीक्षा गर्ने गरी तयारी गरेको आयोगका सहसचिव डाक्टर तुलसीप्रसाद थपलियाले बताए ।

’आफूले जुन विषय पढाउने हो त्यहीअनुसार परीक्षा दिएर लाइसेन्स लिनुपर्छ,’ थपलियाले सेतोपाटीसँग भने, ’यसअघि तहगत रूपमा लिएको लाइसेन्स परीक्षा अबदेखि विषयगत बनाइएको छ ।’

विषयगत रूपमा लाइसेन्स परीक्षा हुने भएकोले पाठ्यक्रम आयोगको वेबसाइटमा राखिसकेको उनले बताए ।

’परीक्षाको तयारी गरे हुन्छ। स्वीकृत पाठ्यक्रम वेबसाइटमा छ,’ उनले भने, ’छिट्टै विज्ञापन खुलाउँछौं ।’

पढाइरहेका शिक्षक र शिक्षाशास्त्र संकाय पढेका विद्यार्थीले लाइसेन्स परीक्षामा भाग लिन पाउँछन् ।

प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहका लागि विषयगत परीक्षा हुने आयोगको तयारी छ ।

’तहगत लाइसेन्स परीक्षाले शिक्षकको विज्ञता र क्षमता कुन विषयमा हो यकिन भएन,’ उनले भने, ’गणित पढाउने र नेपाली पढाउनेलाई सोध्ने प्रश्न पनि एकै प्रकृतिको थियो । अब विषयगत प्रश्न नै सोध्ने र उत्तीर्ण हुनेलाई मात्र लाइसेन्स दिन्छौं ।’

तहगत परीक्षा लिँदा प्रश्नपत्र बनाउनसमेत झन्झट भएको उनले बताए ।

’विषयगत ज्ञान मापन गर्न विषयगत परीक्षा नै उपर्युक्त हुने आयोगको निर्णय हो,’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...