लम्सुवाघाट पुल निर्माणको काम अलपत्र पारेको भन्दै स्थानीयद्धारा नगरपालिका घेराउ

Khadananda

भोजपुर । झण्डै ८ वर्षदेखि भोजपुर-संखुवासभा जोड्ने लम्सुवाघाट पुल निर्माणको काम अलपत्र पारेको भन्दै षडानन्द नगरपालिकाका स्थानीयबासी संघर्षमा उत्रिएका छन् ।

अरुण नदीमा समयमा पुन बनेको भन्दै षढानन्दबासीले माघ २७ देखि फागुन ६ गते सम्मको संर्घषको कार्यक्रम घोषणा गरी अन्दोलनमा उत्रिएका हुन् ।

पुन निर्माण कार्यले गति नलिएको भन्दै सोमबार षडानन्द नगरपालिको कार्यालय घेराउ गरी दबाब दिएको लम्सुवा पक्की पुल बनाउन अभियानका संयोजक दिलबहादुर राईले बताए ।

संघर्षका क्रममा नगरपालिकाको कार्यालय घेराउ तथा बन्द, नगरपालिकालाई असहयोग, मेयर तथा उपमेयरलाई नगर क्षेत्रमा निषेध, नगर क्षेत्रमा वडा अध्यक्षलाई निषेध गर्ने अभियानका संयोजक राईले बताए ।

जिल्लाको उत्तरी क्षेत्रको विकासमा बाधक बनेको अलपत्र पुलको समस्या झेल्दै आएका सर्वसाधरणलाई ज्यान जोखिम मोलेर डुंगाबाट आवतजावत गर्नुपर्ने भएको भन्दै स्थानीयबासी आक्रोशित बनेका हुन् ।

षडानन्द नगरपालिका लगायत भोजपुरका उत्तरी क्षेत्रका करिब ७० हजारभन्दा बढी सर्वसाधारणले नदीमा पुल नहुँदा दिनहुँ ज्यान जोखिम मोलेर नदी वारपार गर्दै आएका छन् ।

पुलको काम वेबारिसे बनेपछि भोजपुर-संखुवासभाका स्थानीयबासीलाई अढाई घण्टाको घुमाउँरो लामो बाटोपछि सतिघाटको पुल र डुङ्गाको सहारामा वारपार गर्नुपर्ने बाध्यता छ ।

यता नगरपालिकाका मेयर विरबल राईले उक्त पुल निमार्णका लागि संघीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए ।

मेयर राईले स्थानीय सरकारले गर्नुपर्ने पहलका लागि कुनै पनि कदमहरु बाँकी नराखेको बताए । उनले भने, ’संघ र प्रदेश सरकारसँग हाम्रो समन्वय भइरहेको छ ।

प्रतिकृया दिनुहोस