बैंकिङ च्यानलबाट मात्रै रेमिट्यान्स भित्र्याउन सरकार प्रतिबद्ध छ: मन्त्री विष्ट

Bist

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैंकिङ च्यानलबाट मात्रै रेमिट्यान्स भित्र्याउन सरकार प्रतिबद्ध भएको बताएका छन् ।

औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेश गर्न गठित कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री विष्टले रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गरिने बताएका हुन् ।

आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमूलक एवं रोजगार सिर्जना गर्नका लागि रेमिट्यान्स औपचारिक च्यानलबाट ल्याउनुको विकल्प नभएको मन्त्री विष्टको भनाई छ ।

प्रतिवेदनसहित थप अध्ययनका आधारमा सबै देशबाट आउने रेमिट्यान्स बैंकिङ च्यानलबाटै ल्याइने र उक्त रकमलाई उत्पादनमा लगाइने उनले बताए । यस्तै रेमिट्यान्स सही ढंगले सदुपयोग गर्न आवश्यक भएको भन्दै वैदेशिक रोजगारमा जाने युवालाई लगानीमा आकर्षित गर्ने सरकारको तयारी भएको समेत मन्त्री विष्टले बताए ।

प्रतिवेदन अध्ययन गरी उपयुक्त समयमा निर्णय हुने बताउदै मन्त्री विष्टले मागेर मात्रै देश नचल्ने दावि गरे । रेमिट्यान्सको सही सदुपयोगले वैदेशिक व्यापार घाटा कम कम गर्न सकिनेमा उनको जोड छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गत जेठमा गठित कार्यदलले रेमिट्यान्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन र उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिने सुझाव सहितको प्रतिवदेन बिहीबार मन्त्री विष्टलाई बुझाएको हो ।

कार्यदलमा राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार व्यवसायी, नेपाल बैंकर्स एसोसिएसनलगायतका प्रतिनिधि सम्मिलित थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...