तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

Gold

काठमाडौँ । सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको हो ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुन महंगो भएको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस