दोब्बरले बढ्यो भरतपुरको राजश्व

Tax

रत्ननगर । भरतपुर महानगरपालिकाले चालू आवको छ महीनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ ।

गत आवको शुरुको छ महीनामा रु ११ करोड ४३ लाख १३ हजार राजश्व सङ्लन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु २३ करोड तीन लाख २३ हजार राजश्व सङ्कलन भएको कार्यालयका राजश्व शाखा प्रमुख सिर्जना थपलियाले जानकारी दिए ।

व्यवसाय करमा भएको वृद्धि र बजार अनुगमनलाई निरन्तरता दिएका कारण राजश्वमा भारी वृद्धि भएको महानगरले जनाएको छ ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकाले सम्पत्ति करबाट रु चार करोड २१ लाख ५९ हजार, सिफारिस दस्तुरबाट रु तीन करोड ६७ लाख ९८ हजार, नक्सापास दस्तुरबापत रु तीन करोड ३९ लाख २३ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु तीन करोड १५ लाख ९६ हजार र व्यवसाय रजिष्टे«शन दस्तुरबाट रु दुई करोड ६० लाख दुई हजार राजश्व सङ्लन गरेको छ ।

महानगरपालिकाले आन्तरिक अयाबाट रु ५५ करोड ४८ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार छ महीनाको अवधिमा सङ्कलन भएको राजश्वको तुलनामा कम देखिए पनि वार्षिक लक्ष्य भने पूरा हुनेछ ।

आर्थिक मसान्तको पहिलो तीन महीनामा सम्पत्ती करबाट बढी राजश्व असूली हुने भएकाले लक्ष्य सजिलै भेटाउने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...