सीपको सम्मान गर्न खेलकुद मन्त्रीको आग्रह

Mantri jagat bk

भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाका सीप र कलालाई राष्ट्रिय योगदानसँग जोड्न सरकार लागिरहेको बताएका छन् ।

नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघले शनिबार भक्तपुरको सानोठिमीमा आयोजना गरेको ‘नेपालको सुनचाँदी हस्तकला क्षेत्रमा युवा व्यवसायी कालीगढको वर्तमान अवस्था र सीपको स्तरीकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा मन्त्री विश्वकर्माले युवाको सीपलाई योगदानमा आधारित बनाइनुपर्ने कुरामा जोड दिए ।

कला, सीप र कालीगढको सम्मान एवं मूल्यांकन गर्न नसक्दा आर्थिक समृद्धिमा देश पछाडि परेको उहाँले बताउनुभयो । उहाँले श्रम र सीपका धनी व्याक्तिको उचित सम्मान हुनुपर्ने बताए । सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपाली सहितको राष्ट्रिय लक्ष्य हासिल गर्ने सवालमा युवाशक्तिको मुख्य भूमिका हुने उनले बताए ।

‘युवालाई श्रम र उत्पादनसँग जोड्दै उद्यमशील, स्वरोजगार र आत्मानिर्भर बनाउन नसकेसम्म उक्त लक्ष्य पूरा गर्न गाह्रो छ’ उनले भने, ‘कला, सीप र कालीगढको सम्मान एवं मूल्यांकन गर्न नसक्दा आर्थिक समृद्धिमा देश पछाडि परेको छ ।’

नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघका अध्यक्ष मोहन विश्वकर्माको सभापत्वितमा भएको सो कार्यक्रममा प्रतिनिधिसभा सांसद आशाकुमारी विश्वकर्मा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का निर्देशक टेकबहादुर मल्ल लगायतले देशले नेपालको कला, सीप र कालीगढको उच्च व्यवस्थापन नगर्दा नेपालका कालीगढ धरासायी बन्दै गएको बताए ।

सो कार्यक्रममा काठमाडौंका विभिन्न सुनचाँदी पसलमा काम गर्ने कालीगढहरुको उल्लेख्य सहभागीता रहेको थियो ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...