चिसो झाडीमा ‘विप्लव’ लाई खोज्दै प्युठान प्रहरी

Netra bikram chand

काठमाडौं । तत्कालीन नेकपा माओवादीले प्युठान जिल्लालाई पनि आधार इलाका बनाएको थियो । जुनबेला नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ प्युठानका इन्चार्ज थिए ।

अहिले पनि विप्लवले भुमिगत शैलीमा जनयुद्धको तयारी गरिरहेका छन् । उनले नेतृत्व गरेको पार्टीले केही दिनअघि मात्रै विज्ञप्ती स्वर्गद्धारी नगरपालिका मेयर नेत्रबहादुर रोकायलाई प्रज्वलनशील पदार्थ मोबिल छर्कदै कारबाहीको धम्की दिएका थिए ।

उनै विप्लव प्युठानमा फेरि आधार इलाका घोषणा गर्न प्युठान पुगेको सुचना पाएपछि बुधबार दिनभर प्रहरीको टाउको दुखाईको विषय बन्यो । बुधबार दिनभर जिल्लाको माण्डवी गाउँपालिकाको मर्काबाङ, उदयपुरकोट, कोचिवाङ लगायतका दुर्गममा प्रहरीको विशेष टोली परिचालित नै भयो ।

त्यसरी प्रहरी परिचालित गर्नुको एउटै मात्रै उदेश्य थियो, सो क्षेत्रमा विप्लव आएका छन् । र, उनलाई पक्राउ गर्न सकिन्छ कि भन्ने थियो । तर, यद्धपी स्थानीयले भने गाउँमा चहलपहल नभएको दावी गरेपछि प्रहरी टोली निरास बन्यो ।

खासगरी बिप्लवले प्युठानमा प्रदेश ५ का ईन्चार्जहरुलाई प्रशिक्षण दिँदैछन् भन्ने सुचना पाएपछि प्रहरी सम्भावित स्थलको लोकेसन खोज्न थालेको थियो । तर, प्रहरीले सुइकोसम्म नपाएपछि रित्तै फर्कियो ।

तिराम प्रहरी चौकीबाट प्रहरी टोली यो चिसो मौसमको ख्याल गरी मर्काबाङ भेगतिर परिचालन भयो । तर, सो क्षेत्रमा कुनै चहलपहल नभएको स्थानीयले बताएपछि प्रहरी फर्किएको थियो ।

तर यसलाई नियमित गस्ती हो भनेर प्रहरी पन्छिन खोजेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी निर्मल बुढाथोकीले निशान न्युजसँग कुरा गर्दै नियमित गस्तीको रुपमा प्रहरी गाउँ गाउँ गएको बताए । उनले भने, ‘यो नियमित गस्ती मात्रै हो, अरु केही होइन ।’

साउन पहिलो साता पनि विप्लव प्युठानमा पुगेको सुचनाका आधार प्युठान प्रहरीले भएभरको बल लगाएर विप्लवको खोजी गरेको थियो । शितगंगा नगरपालिकाको शितखोलामा ३ दिनसम्म रणनीतिक योजना बनाएर साउन ९ मा नेत्रविक्रम चन्द ‘विप्लव’ फर्किएका थिए । त्यतिबेला पनि विप्लवलाई समात्न जंगल पसेको प्रहरी रित्तो हात फर्किएको थियो ।

प्रहरीले विप्लवलाई समात्ने उदेश्यले साउन ९ गते बुधबार दिनदेखि जंगल आसपासमा सादा पोशाकमा प्रहरी परिचालन भएका थिए । तर, बिप्लव मंगलबार नै शितखोलाबाट बाहिरिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...