दोहोरो अंकले घट्यो शेयर बजार

Share

काठमाडौँ । आज शेयरको मूल्य धितोपत्र बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन् ।
आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बीमा ६१.६८ विन्दुले घटेको छ ।घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन् । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन् ।
त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ ।संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...