बाल विकासका योगदान दिएर सम्मानित संस्थापक थापा

Seto

काठमाडौँ । प्रारम्भिक बाल विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका केन्द्रका संस्थापक अध्यक्ष अगाथा पाख्रिन थापा सम्मानित हुनुभएको छ ।
प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले संस्थापक अध्यक्ष थापालाई सम्मान गर्दै बालअधिकार संरक्षणमा सबै क्षेत्र गम्भीर बन्नुपर्ने बताए ।
उनले बालबालिकाको समग्र हितमा थप कानूनी तथा नीतिगत सुधारका लागि संसद्ले ध्यान दिएको जानकारी दिँदै राज्यले बालबालिका क्षेत्रमा थप लगानी बढाउनसमेत आग्रह गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकाको अधिकार संरक्षणमा सरकारले विशेष ध्यान दिएको चर्चा गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्व थापाले आफूले हालै प्राप्त गरेको अन्तर्रा्ष्ट्रिय पुरस्कार बालबालिकाको हितमा नै खर्च गरिने जानकारी दिएका थिए । प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहका संयोजक सत्य पहाडी, सचिव नारदमुनि राना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, सेतो गुराँसका अध्यक्ष जयराम गिरीले प्रारम्भिक बाल विकासका क्षेत्रमा थापाले अतुलनीय योगदान दिएको चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस