प्रहरीलले मृत बँदेलसहित २ जना पक्राउ गर्यो

Badel

तौलिहवा । प्रहरीले जङ्गली बँदेलसहित शिवराज नगरपालिकाको चन्द्रौटामा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
परीक्षणका क्रममा शिवराज नपा–३ समितिचोकबाट लु ३१ प ५०९८ नं को मोटरसाइकलमा मृत बँदेल ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । मृत बँदेलसहित नियन्त्रणमा लिएका दुई जनालाई आवश्यक कारवाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटालाई बुझाइएको छ । पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस