यातायात विभागले गर्यो सवारीसाधनको परीक्षण

Yatayat

काठमाडौ । काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले सवारीसाधनको अवस्था पत्ता लगाउन गाडीको प्रदूषण परीक्षण गरेको छ ।
विभिन्न जिल्लाबाट भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित ४७ वटा सवारीसाधन जाँच गर्दा १५ वटा गाडी प्रदूषण फेल भएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सवारी साधनको अवस्था ठीक हुनका लागि पेट्रोलबाट सञ्चालित सवारीमा तीन प्रतिशतभन्दा कम कार्बन मोनोअक्साइड र हाइड्रोकार्बन एक हजार पिपिएमएचसीभन्दा कम हुनुपर्छ । डिजेलबाट चल्ने गाडीको धुवाँको घनत्व ६५ प्रतिशतभन्दा कम एचएसयु हुनुपर्ने मापदण्ड रहेको विभागको सवारी परीक्षण कार्यालयले जनाएको छ ।
मापदण्डविपरीत प्रदूषण फेल हुने सवारीसाधनलाई रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना हुने व्यवस्था रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रदूषण फेल भएका सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए ।
ट्राफिक प्रहरी र सरोकारवाला निकायको संयुक्त टोलीले चालकको स्वास्थ्य अवस्थासमेत जाँच गरेको छ । जाँचमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पतालका चिकित्सक र यातायात व्यवस्था विभागको प्रदूषण परीक्षण प्राविधिकको सहभागिता थियो । उक्त टोलीले सवारी चालकको आँखाको समेत परीक्षण गरेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...