निजी क्षेत्रको पहलमा बिराटनगर–इटहरी मोनोरेल बन्ने, जुट्यो ३० अर्ब लगानी

Monorail skech

काठमाडौं । सरकारले नेपालमा रेल ल्याउने कुरा गरिरहेका बेला बिराटनगर–इटहरी मोनोरेल निर्माण हुने भएको छ । त्यसका लागि बिराट मोनोरेल इन्टरनेशनले ३० अर्ब लगानी जुटाएको छ ।

कोशी राजमार्ग अन्तर्गतको बिराटनगरदेखि इटहरी सडक खण्डमा मोनोरेल निर्माण गर्न बिराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाले सहमति दिइसकेका छन् ।

बिराटनगर–इटहरी मोनोरेल निर्माण गर्न विदेशी लगानी भित्र्याउने विषयमा प्रारम्भिक चरणको समझदारी पनि भइसकेको छ । हालै भएको सो समझदारी अनुसार बिराटले जापानी प्रबिधीको मोनोरेलको निर्माण गर्नेछ ।

मोनोरेल निर्माणका लागि जापानी र भारतीय लगानी भित्रिएको छ । ७० प्रतिशत विदेशी र ३० प्रतिशत स्वदेशी लगानीमा आगामी ३ बर्षभित्रै मोनोरेल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रबन्ध निर्देशक काजीमान आत्रेय बताए । कम्पनीले आगामी २ हप्ताभित्रै मोनोरेलको डीपीआर निर्माण आरम्भ गरिसक्नेछ ।

नेपालमै पहिलो पटक मोनोरेलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन लागेको र त्यो बुट मोडलमा हुने पनि प्रबन्ध निर्देशक आत्रेय बताउँछन् । करिब ३० किलोमिटर लामो मोनोरेलले अधिकतम १० बर्षभित्र लगानी उठाइसक्ने छ ।

मोनोरेलको एकतर्फी भाडा दर ५० रुपैयाँ प्रस्ताव गरिएको छ । सो मोनोरेलले एक पटकमा ५ सय जना यात्रु बोक्ने क्षमता राख्ने छ । बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

सरकारले केरुङ काठमाडौँ रेलमार्ग निर्माण गर्ने बताइसकेको छ । तर, लगानीको अभावमा यो योजना पूरा हुन सकिरहेको छैन । तर, पहिलोपटक निजी क्षेत्रको पहलमा विराटनगर–इटहरी मोनोरेल सञ्चालनमा आउन सकेमात्रै पनि सरकारको योजना पूरा गर्न टेवा पुग्ने प्रवन्ध निर्देशक आत्रेय बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...