द्वन्द्व पीडित सुरक्षाकर्मीका परिवारले गरे प्रदर्शन

Shaheed mag

काठमाडौं । द्वन्द्वकालमा मारिएका सेना, सशस्त्र, प्रहरी र गुप्तचरका सुरक्षाकर्मीलाई शहीदको रुपमा मान्यता दिनुपर्ने माग उठेको छ ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघ आवद्ध परिवारले माइतीघरमा विरोध प्रदर्शन गर्दै १० वर्षको सशस्त्र युद्धमा देश र जनताको पक्षमा लडेका तथा राज्यको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी बेपत्ता तथा घाइते भएकाले उनीहरुको खोजी तथा उपचारका लागि सरकारलाई आग्रह गरे ।

देश र जनताको सुरक्षा दिने सिलसिलामा करीब २ हजार ८ सय सुरक्षाकर्मीले वीरगति प्राप्त गरेको बताइएको छ । करीब २ सय सहभागीले माइतीघरबाट नयाँबानेश्वरसम्म पदयात्रा गरेका थिए ।

विरोध प्रदर्शनमा सहभागीले अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्नुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीको माग पूरा गर्नुपर्ने, र द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको प्रत्याभूति गर्नुपर्ने माग गरिएको प्लेकार्ड बोकेका थिए ।

संघका अध्यक्ष हेमकुमारी घर्तीले शहीदलाई दिइने सम्पूर्ण सुविधा तथा द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितताको माग गगरिन् ।

प्रतिकृया दिनुहोस