प्रस्तावित राजदूतविरुद्ध परेन कुनै उजुरी

Sanghiya samsad sachibalaye

काठमाडौं । विभिन्न ५ मुलुकका लागि प्रस्तावित राजदूतविरुद्ध कुनै पनि उजुरी परेन । कुनै पनि उजुरी नपरेपछि प्रस्तावित राजदूतहरुको सुनुवाई विहीवार र शुक्रवार हुने भएको छ ।

गत पुस १८ गते बसेको समितिको बैठकले प्रस्तावित राजदुत विरुद्ध उजुरी दिन १० दिनको समय तोकेको थियो । यो अवधिमा क्यानडामा नेपाली दूतावास आवश्यक नभएको भन्ने प्रकृतिको एउटा मात्रै उजुरी परेको छ ।

गत पुस ९ गतेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ५ जना सहसचिवलाई राजदूत सिफारिस गरेको थियो । परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय र क्याम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय राजदूत सिफारिस गरिएको छ ।

अर्का सहसचिव मणिप्रसाद भट्टराई जेनेभास्थित संयुक्त राष्ट्रसंघको लागि नेपाली स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय तथा इटाली, सान मारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका छन् । उनलाई विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनको लागि पनि स्थायी प्रतिनिधि तोकिएको छ ।

परराष्ट्रकै अर्का सहसचिव भृगु ढुंगानालाई क्यानडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरिएको छ । उहाँलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) को लागि स्थायी प्रतिनिधिसमेत तोकिएको छ ।

परराष्ट्रका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोर, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरिएको छ । उहाँलाई युनेस्कोको लागि स्थायी प्रतिनिधि पनि तोकिएको छ । सोही मन्त्रालयका अर्का सह–सचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरिएको छ । उहाँलाई एसिया कोअपरेसन डायलग ९एसिडी०का लागि स्थायी प्रतिनिधिसमेत तोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...