आन्तरिक हवाइमा घटेको भाडादर आजबाट लागू

Plane

काठमाडौं । आन्तरिक हवाइमा घटेको भाडादर आजबाट लागू हुने भएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालक संघले माउन्टेन फ्लाइटसहित ११ आन्तरिक गन्तव्यका लागि हवाइ भाडा घटाएको हो ।

आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको छ । संघका अनुसार आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४ सय ४० रुपैयाँसम्म भाडा घटेको छ । सबभन्दा कम ९० रुपैयाँ काठमाडौंदेखि सिमरासम्मको तथा काठमाडौंदेखि धनगढीसम्मको रुटमा सबैभन्दा धेरै ४ सय ४० रुपैयाँ हवाइ भाडा घटेको छ ।

नयाँ भाडादर अनुसार आजदेखि काठमाडौं–सिमरा ३ हजार १ सय २० र काठमाडौं–धनगढी १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ । काठमाडौंबाट पोखरा १ सय ५५, विराटनगर २ सय ४०, जनकपुर १ सय ३०, भैरहवा २ सय ५, नेपालगन्ज ३ सय २५ र भद्रपुर रुटमा ३ सय रुपैयाँ भाडा घटेको छ ।

नयाँ भाडादर अनुसार अब काठमाडौंबाट पोखरा ५ हजार ५०, विराटनगर ७ हजार ५ सय ५०, जनकपुर ४ हजार ३ सय, भैरहवा ६ हजार २ सय, नेपालगञ्ज १० हजार र भद्रपुर ९ हजार १ सय कायम भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...