मानव सेवा आश्रमको भवन महानगरले बनाइदिने

Manav sewa ashram

काठमाडौं । काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाई दिने भएको छ ।

शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानव सेवा आश्रमको भवन बनार्यदिने प्रतिबद्धता जनाएका छन् ।

‘आश्रमले जग्गा खोजोस । महानगरपालिकाले भवन बनाउन सहयोग गर्छ । आश्रमलाई सबैले सहयोग गर्नुपर्छ’ शाक्यले भने, ‘अहिले नेपाल प्रहरीपनि आश्रमलाई सहयोग गर्न हामीसँगै आवद्ध भएको छ । यो खुशीको कुरा हो । अन्य सहयोगी संघ, संस्था र मानव हृदयहरु पनि यसमा आवद्ध हुनुपर्छ ।’

कार्यक्रममा आश्रमका अभिभावक एवम् बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायले सडकमा भएका मनोरोगीहरुले समयमै उपचार र प्रेम पाउने हो भने उनीहरुको अवस्थामा व्यापक सुधार आउने विश्वास दिलाए । उनले हरेक मान्छेमा सहयोगी र सहृदयको भावना विकास गर्नुपर्नेमा पनि जोड दिए ।

सो कार्यक्रम आश्रमका प्रमुख संरक्षक एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनको सभापतित्वमा भएको थियो ।
संस्था स्थापना भएको ६ वर्षमा देशका विभिन्न जिल्लामा १४ वटा मानव आश्रमहरु सञ्चालन गरिरहेको छ । मकवानपुरको हेटौडामा छिट्टै स्थायी आश्रम बन्दैछ भने चितवन र पोखरामा स्थायी भवन बन्दैछ ।

मानव सेवा आश्रमले अर्को वर्षको जाडोमा कसैले पनि खुला आकासमुनी चिसोले कठ्याङग्रिएर मर्न नदिने पनि उद्देश्य लिएको छ । जारी विज्ञप्तीमा थप भनिएको छ, ‘मात्र वेसाहारा मानिसको संरक्षणको लागि स्थानीय सरकारले सिफारिसमात्र नभई अभिभावकीय जिम्मेवारी पनि निर्वाह गर्न तयार हुन्छ वा यस किसिमको मानवहरुको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट निति बनाउँछ भने मानवसेवा आश्रम जोसुकै वेसहारा मानिसको संरक्षणका लागि तयार छ ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...