राजश्व जम्मा हुने बैंक तथा वित्तिय संस्थाको शाखा तथा काउण्टर शनिबार पनि खुल्ने

Bank 1

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तिय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ ।

त्यहि अनुसार शनिबार पनि राजश्व जम्मा हुने बैंक तथा वित्तिय संस्था खुला हुँदै छन् । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तिय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो ।

अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालु आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ ।

यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बेंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...