कानुन पालना गर्न मुख्यमन्त्री राईको जोड

Dhankuta chief minister

धनकुटा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सञ्चारमाध्यम तथा सञ्चारकर्मीले प्रेस काउन्सिलले बनाएका कानुनलाई पालना गर्नुपर्ने बताएका छन् ।

प्रेस काउन्सिल नेपालले धनकुटामा आयोजना गरेको श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचारसंहिता विषयक प्रदेशस्तरीय कार्यक्रममा मुख्यमन्त्री राईले मुलुकको परिवर्तनमा सञ्चारकर्मीको भूमिका निकै ठूलो रहेको पनि बताए । मुख्यमन्त्री राईले प्रदेश नं. १ का सञ्चारकर्मी र सञ्चारगृहलाई थप व्यावसायिक मर्यादित र सक्षम बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मुख्य मन्त्री राईले प्रदेश सरकार श्रमजीवी पत्रकारमैत्री हुने दावी गरे । श्रमजीवी सञ्चार माध्यमलाई सम्बोधन गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने उनको भनाई छ । सुविधाको नाममा कुनै पनि व्यक्तिले पदिय दूरुपयोग गर्ने तथा नालायकी हुने छुट नभएको राईले बताए ।

नकारात्मक कुराको बढी खोजी गर्ने र सकारात्मक कुरालाई कम प्राथमिकता दिने क्रम केही बढेजस्तो देखिएको भन्दै त्यसमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री राईको भनाइ थियो । उनले नेपालको असाधारण राजनीतिक परिवर्तनपछि आर्थिक सम्बृद्धि हासिल गर्ने यात्रामा आमसञ्चार माध्यमले महत्वपूर्ण जिम्मेवारी बहन गर्न आग्रह गरे ।

सो कार्यक्रममा प्रदेश संसद निरन राई, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाइँ, इश्वरी ओझा, नेपाल पत्रकार महासंघकाका केन्द्रय सदस्य उद्धव तिम्सिना, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेल, नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई, जिल्ला समन्वय समितीका अध्यक्ष टंक चौहान, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे लगायतले प्रदेशस्तरमै प्रेस काउन्सिल, आमसंञ्चार प्रतिष्ठान गठन गरी सम्पुर्ण पत्रकारको हकहितका लागि प्रदेश सरकारले काम सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा प्रदेश १ का सबै जिल्लाका पत्रकार महासंघका प्रतिनिधी सहभागि रहेको कार्यक्रममा पत्रकार आचारसंहिता, प्रेस काउन्सिलले गरिनुपर्ने कार्यबारे छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...