सञ्चारकर्मी र रोटरीयनहरुबीच सुमधुर सम्बन्ध कायम गर्न जोड

Rotari club news

काठमाडौं । सञ्चारकर्मी र रोटरीयनहरुबीच सुमधुर सम्बन्ध कायम गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

रोटरी क्लब अफ जाउलाखेलले बिहीबार ललितपुरमा आयोजना गरेको रोटरी इन मिडिया विषयक कार्यक्रमका बत्ताहरुहरुले रोटरियनहरुले गरेका राम्रा कामलाई जनतामाझ ल्याउन पनि सञ्चारकर्मी र रोटरीयनहरुबीच सुमधुर सम्बन्ध कायम गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

सो कार्यक्रममा रोटरी क्लवका डिष्ट्रिक्ट चेयर महेश्वर भक्त श्रेष्ठले रोटरी क्लबले नेपालमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा लामो समयदेखि काम गरिरहेको बताए ।

३२९२ नेपाल भुटानका डिष्ट्रिक्क गर्भनर चिन्तामणी भट्टराईले जनहितकै लागि रोटरी क्लव स्थापना भएको र स्थापनाकालदेखि नै जनताका आधारभूत तहसम्म पुगेर उदाहरणीय काम गरिरहेको बताए । उनले पत्रकारिताका माध्यमबाट आफूले गरेका सामाजिक गतिविधि जनतामाझ प्रचार गरिदिन आग्रहसमेत गरे ।

नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्मा, वरिष्ठ पत्रकार युगनाथ शर्मा, मदन श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली लगायतले रोटरी क्लबले आफ्नो दायरालाई फराकिलो बनाउँदै जनचासोको काममा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।

सो कार्यक्रम रोटरी क्लब अफ जाउलाखेलका पब्लिक इमेज कमिटिका चेयर तिलक तिवारीले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...