पृथ्वी जयन्तीमा नेपालगञ्ज उपमहानगरपालिकाले दियो सार्वजनिक बिदा

Aqxuoay4yhlfdyrwsiqb

बाँके । प्रदेश र संघीय सरकारले पृथ्वी जयन्तीको दिन विदा कटौती गरे पनि नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

सरकारले शुक्रबार सार्वजनिक विदा नदिए पनि उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालय लगायतमा बिदा दिएको हो ।

बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको थियो । सोही अनुसार एक दिन उपमहानगर अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिइएको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...