बाणिज्य बैंकले दिन थाल्यो सहुलियत दरमा कर्जा, कसरी पाउने ऋण ?

Rastriya baninya bank

काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि सहुलियत दरमा कर्जा दिन थालेको छ । बाणिज्य बैंकमार्फत चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने सरकारले नै घोषणा गरेको थियो ।

सहुलियत कर्जा सुरुवात कार्यक्रममा बैंकका अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको उपस्थितिमा दुई जनालाई सहुलियत कर्जा दिइएको छ ।

पहिलो सहुलियत कर्जा काठमाडौं नैकापमा भीमप्रसाद अधिकारी र एक्मी इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययनरत छात्रा रजनी हायूलाई प्रदान गरिएको छ ।

अधिकारीले ७लाख रुपैयाँको शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गरे । उनले क्याटरिङ व्यवसाय सञ्चालन गर्न ऋण लिएका थिए । लोपोन्मुख जातिकी छात्रा हायूलाई इन्जिनियरिङलाई ५ लाख रुपैयाँको उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दिइएको हो ।

केकेमा पाइन्छ ?
यस्तो सहुलियत कर्जा सात विविध क्षेत्रमा दिइन्छ । व्यावसायिक कृषि कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केकालाई कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदायका लागि व्यवसाय कर्जा दिइन्छ ।

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितका लागि आवास कर्जाजस्ता बिनाधितो कर्जाको प्रकृतिअनुसार तीन लाखदेखि अधिकतम १० लाखसम्म व्यक्तिगत र सामूहिक जमानीमा ऋण दिने व्यवस्था गरिएको छ ।

महिला उद्यमशीलताका लागि अधिकतम १५ लाख र व्यावसायिक कृषि तथा पशुपंक्षी पालनका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा पाइन्छ । १० लाख माथिको कर्जा लिन भने कम्पनी दर्तादेखि ऋण लिने अरू नियमित प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ ।

यस्तो कर्जा सबै वाणिज्य बैंकबाट प्राप्त गर्न सकिने भए पनि राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा सस्तोमा प्राप्त गर्न सकिन्छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशत छ ।

बैंकहरूले यस्ता उत्पादनशील कर्जामा आधार ब्याजदरमा २ प्रतिशत बिन्दुले थपेर ब्याजदर तय गर्छन् । सरकारले ५ प्रतिशत बिन्दुले ब्याजदर अनुदान दिने भएकाले राष्ट्रिय वाणिज्य बैंकबाट ३.३३ प्रतिशतमा तोकिएका शीर्षकमा सहुलियत कर्जा प्राप्त गर्न सकिन्छ ।

बैंकहरूले सहुलियत ब्याजदरमा दिने कर्जाको बिमा गराउने व्यवस्था छ । यसका लागि निक्षेप तथा कर्जा सुरक्षण निगमसँग सम्झौता हुन्छ । सुरक्षणको प्रिमियम सरकारले ७० प्रतिशत र बैंकले ३० प्रतिशत अनुपातमा तिर्छन् । बैंकले उद्यम गर्न चाहाने, नवीन सोच भएका युवालाई कर्जा लिन पहल गर्न आह्वानसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...