कुश्मा र बेनीमा खुल्यो आईएमई इन्स्योरेन्सको शाखा

Ime insyorence

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतको कुश्मा र म्याग्दीको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको उदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले गरे ।

कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवा प्रदान गर्दै आएको छ भने बिभिन्न १० वटा योजनाहरु ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजीवन, नगद फिर्ता, साँढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ ।

कार्यालय उदघाटन कार्यक्रममा अध्यक्ष डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याउन कम्पनी सधैं तयार रहेको बताए । सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखा प्रमुखहरुको समेत उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...