पर्यटन मन्त्रीको प्रश्न, अनुमानको भरमा मेरो बदनाम किन गरियो ?

Rabindra adhikari press meet

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज प्रकरणमा लेखा समितिको उपसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई पनि दोशी देखायो ।

सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो । त्यसमा मन्त्री अधिकारी पनि संलग्न रहेकाले दोशी देखाएको थियो ।

तर, अकस्मात सोमबार पत्रकार सम्मेलन गरे पर्यटनमन्त्री अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम भएको दाबी गरेका छन् । उनले निगमले खरिद गरेको वाइडबडी जहाज प्रकरणमा लेखा समितिको उपसमितिले अनुमान र पूर्वाग्रहको आधारमा आफ्नो नाम जोडेको आरोप लगाउन भ्याए ।

‘विमान खरिद सम्झौता प्रक्रियामा मेरो कहीँ कतै र कुनै पनि किसिमको संलग्नता छैन, मैले यी जहाजहरुको अधिकत प्रयोगमा ल्याउने प्रयास मात्र गरेको छु,’ उनले भने, ‘ममाथि बदनियत भएको भनी लागेको आरोपमा सबै अख्तियारवाला निकायलाई छानबिन गर्न आग्रह गर्दछु ।’

‘मेरो कुनै संलग्नता नहुँदा पनि अनुमानको आधारमा मेरो नाम बदनाम भएको छ’ उनले भने, ‘२/३ दिनपछि पेमेन्ट कसरी जान्छ भनेर हेर्दा पो पहिले नै सेड्युल बनेको रहेछ । त्यसअनुसार अन्तिम किस्ता मेरो कार्यकालमा पनि गएको रहेछ ।’

महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदमा झुट बोलेको भन्दै उपसमितिले मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

महालेखाले प्रश्न उठाए पनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्चको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले अन्तिम किस्ता रोक्नसक्ने अवस्था नभएको दाबी गरे ।

मन्त्री अधिकारीले आफूले निगमलाई टाट पल्टने अवस्थाबाट जोगाएको समेत उनले दाबी गरे । निगमलाई धरासायी हुन नदिन महत्वकांक्षी निर्णय लिएर अगाडि बढ्नु पर्ने जरुरी रहेको भन्दै अधिकारीले पछिल्लो समय निगमको व्यापार बढेको बताए ।

‘अहिले अरु एयरलायन्सको व्यापार घटेको र निगमको व्यापार बढेको छ’, उनले भने, ‘निगम डुब्दा कसैले आफ्नो व्यापार चम्कने देख्लान्, त्यो भएर पनि यस्ता प्रचार गरिएको हुनसक्छ ।’

उनले नेपाल वायुसेवा निगमलाई डुबाउने खेल भइरहेको पनि दाबी गरे । ‘विमान आएपछि अरुको ब्यापार घटेको छ, हाम्रो बढेको छ’ उनले भने, ‘हामी अलि महत्वकांक्षी भएर अगाडि बढेनौं भने नियम धरासायी हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...