घट्यो अमेरिकी डलर, बढ्यो मलेसियन रिंगिटको भने भाउ

Dalar currency

काठमाडौं । सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार केही घटेको छ । तर मलेसियन रिंगिटको भने भाउ केही पैसाले बढेको छ ।

अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ९४ पैसा तोकेको छ ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०९ पैसा तोकिएको छ । आइतबार र सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा थियो ।

मलेसियन रिंगिटको भाउ केही पैसाले बढे पनि कुवेती दिनार बहराइन दिनारको भने भाउ घटेको छ । मंगलबार कुवेती दिनार १ को खरिददर ३ सय ६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३ सय ६८ रुपैयाँ ८९ पैसा तथा बहराइन दिनार १ को खरिददर २ सय ९५ रुपैयाँ ३३ पैसा र बिक्रीदर २ सय ९६ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

सोमबार कुवेती दिनार १ को खरिददर ३ सय ६७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ६० पैसा तथा बहराइन दिनार १ को खरिददर २ सय ९६ रुपैयाँ ०९ पैसा र बिक्रीदर २ सय ९७ रुपैयाँ ६८ पैसा थियो ।

मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपौँ ८४ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७४ पैसा तोकिएको छ । सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा नै तोकिएको छ ।

मंगलबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ । आइतबार र सोमबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

यसैगरी मंगलबारको लागि कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा तोकिएको छ । सोमबार कोरियन वनको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा थियो ।

प्रतिकृया दिनुहोस