गुल्मीको रुरुमा खुल्यो प्रभु बैंकको अर्काे शाखा

Pravu bank gulmi

गुल्मी । प्रभु बैंकले ग्रामिण क्षेत्रहरुमा धमाधम आफ्ना शाखा कार्यालयहरु बिस्तार गरिरहेको छ । यसैक्रममा गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ४ रानीबास बलेटक्सारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

सो शाखाको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आइतबार उद्घाटन गरे । रानीबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव एवम् छिमेकी देश चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथि थिए ।

सो शाखाको समुद्घाटन कार्यक्रम प्रभु बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा सम्पन्न भएको थियो ।

बैंकले रानीबास शाखा कार्यालय उद्घाटनको अवसरमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ ।

बैंकको गुल्मी जिल्लास्थित रानीबास शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवावाट लाभान्वित हुने र रुरु गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...