गोरखाको बारपाकमा खुल्यो प्रभु बैंकको शाखा कार्यालय

Pravu bank news

काठमाडौं । गोरखाको बारपाकमा प्रभु बैंकले आफ्नो नयाँ शाखा स्थापना गरेको छ । बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा शनिबारदेखि सञ्चालनमा आएको सो बैंकको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गरे ।

बारपाक २०७२ बैशाख १२ मा गएको महाभुकम्पको इपिसेन्टर पनि हो । सो शाखाको उद्घाटन गर्दै प्रवक्ता श्रेष्ठले २०७२ को महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गर्न बैंकको शाखा कार्यालय स्थापना गरेकोमा प्रभु बैंकले प्रशंसनीय कार्य गरेको बताए ।

सो अवसरमा पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको बारपाक सुलिकोटमा भूकम्प पीडितलाई प्राथमिकताका साथ सहुलियत ब्याज दरमा भूकम्प पीडित कर्जा प्रवाह गर्ने उद्देश्यले शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंकप्रति हार्दिक आभार प्रकट गरे । उनले प्रभु बैंकले नेपाल पुननिर्माण प्राधिकरणको कार्यमा सहयोगीको भुमिका निर्वाह गरेको पनि बताए ।

सो बैंकको शाखा कार्यालय उदघाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ सेवामार्पmत् योगदान दिइरहेको बताए । उनले बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई बैंकिङ प्रणालीमा ल्याउन गाउँ गाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताए ।

सोही बेला नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत विभिन्न ५ जना भुकम्प पीडितहरुलाई बैंकको तर्पmबाट सहुलियत ब्याजमा भुकम्प पीडित घरकर्जा स्वीकृत गरी भुकम्प ििीडतहरुलाई हस्तान्तरण गरिएको थियो ।

बैंकले बारपाक शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र सुलिकोट बारपाक गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ बैंकले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...