साना लगानीको वित्तिय संस्थामाथि राष्ट्र बैंकको अंकुस

Rastra bank bilding

काठमाडौं । साना लगानीका बैंक र वित्तिय फाइनान्समाथि राष्ट्र बैंकले अंकुस लगाएको छ । सोसँगै अब ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्ग फाइनान्स कम्पनीले अर्को प्रदेशमा शाखा संचालन गर्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक जिल्ले, ३ जिल्ले र १० जिल्ले बैंक तथा वित्तीय संस्थाको व्यवस्था खारेज गरेको छ । अब यसको साटो राष्टि«य र प्रादेशिक स्तरका बैंक तथा बित्तीय संस्था मात्र अस्तित्वमा रहने छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गरेर ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्ग अन्य प्रदेशमा शाखा खोल्न बन्देज लगाएको हो । बैंकको परिपत्रमा एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली संचालनमा रहेका वित्तीय संस्थाहरुले २०७७ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र प्रदेशभित्र सीमित गरिसक्नुपर्ने व्यवस्थासमेत लागू गरिएको छ ।

प्रादेशिक स्तरका लागि तोकिएका चुक्तापूँजी पूरा गरेका वित्तीय संस्थाले एकभन्दा बढी प्रदेशमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण नगरेसम्म आफ्नो प्रदेशका बाँकी जिल्लामा कार्यक्षेत्र बिस्तार गर्न पाउने छैनन् ।

राष्ट्र बैंकल प्रादेशिक रुपमा सञ्चालित विकास बैंक र फाइनान्स कम्पनीको चुक्ता पुँजी निर्धारण गरेको छ । कुनै पनि विकास बैंकले एक अर्ब २० करोड चुक्ता पुँजी बनाएर कुनै एक प्रदेशभरी वित्तीय कारोबार गर्न पाउने छन् ।

फाइनान्स कम्पनीले भने ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्नेछ । प्रदेश स्तरका लघुवित्तलाई २ करोड पुँजी पुर्‍याउनु पर्नेछ । तर, कुनै निश्चित प्रदेशभित्र मात्र बित्तीय कारोबार गर्न चाहने बैंकका लागि यो व्यवस्था रहे पनि काठमाडौं उपत्यकाभित्र भने यो नियम लागू हुने छैन ।

अर्को प्रदेशबाट शाखा स्थानान्तरण नगरे स्वीकृति लिएको प्रदेशमा विस्तार गर्न पाउने छैन। चुक्ता पूँजी पुरा गर्ने बेलामा मर्जर वा प्राप्तिलाई प्राथमिकतामा राख्न पनि निर्दशनमा भनिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...